आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सृजना कप भलिबल प्रतियोगिताको तयारी तिव्र

मंगलबार, ०१ चैत्र २०७८नारायण क्षेत्री
सृजना कप भलिबल प्रतियोगिताको तयारी तिव्र
Loading ad...
mustang rice ad

पोखरा । पोखरामा चैत ४ देखि ७ गतेसम्म हुने सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । 

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा शुक्रबारदेखि हुने प्रतियोगिताको तयारी तिव्र पारिएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विगत ४ वर्षदेखि हुँदै आएको प्रतियोगिताको यो चौथो संस्करण हो । 

प्रतियोगिताको तयारी स्वरुप अहिले टिम दर्ताको काम अन्तिम चरणमा पुगेको आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । 

उनका अनुसार टीम दर्ताका लागि पहिल्यै विद्यालयमा पुगेर जानकारी गरिएअनुसार अहिले उनीहरुले टीम दर्ता गरिरहेका छन् । 

भोलि बुधबारसम्म टीम दर्ता गर्न सकिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

टीम दर्ताको काम सकिएलगत्तै बुधबार नै टाईसिट निकालिने सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए । 

‘भोलि (बुधबार) सम्म टीम दर्ता हुन्छ, टीम दर्ता सकिएलगत्तै भोलि नै हामी टाइसीट निकाल्छौं,’ उनले भने ।

प्रतियोगिताको तयारी अन्तर्गत प्रतियोगिता हुने पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा मञ्च निर्माणको काम भइरहेको छ । 

त्यस्तै, भलिबल खेल मैदान तयार बनाउनेदेखि म्याट ओछ्याउनेलगायतका काम भइरहेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । 

त्यसबाहेक अतिथिहरुलाई निम्तो गर्ने, प्रचारप्रसार लगायतका कामलाई पनि तिव्र पारिएको उनले बताए ।

भलिबलको जग मानिने सामुदायिक विद्यालयमा भलिबल खेलमा पुर्नजागरण ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउनेछन् । 

कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमले सहभागिता जनाउन सक्ने संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । 

प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । ‘हामीलाई विश्वास छ, प्रतियोगिताले सामुदायिक विद्यालयमा खस्किएको भलिबल उकास्न भूमिका खेल्नेछ ।’

प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ ।

प्रतियोगितामा उपाधि विजेता छात्र/छात्रा दुबै तर्फकालाई एक/एक लाख, उपविजेतालाई ५०/५० हजार र तृतीय हुने विद्यालयलाई ३०/३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५/५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १/१ थान भलिबल प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

दुई उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति, १० जनालाई ३ महिने डाइट सामग्री प्रदान गरिने

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक/एक जना छात्र तथा छात्रालाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र आयोजकको तर्फबाट एक/एक जनालाई वर्षको छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने छात्र/छात्रा गरेर १० जनालाई ३ महिनाका लागि डाइट (पौष्टिक आहार) दिइने भएको छ । 

मन्त्रालयको ट्यालेण्ट हण्ट अन्तर्गत छात्रतर्फ ५ जना र छात्रातर्फ ५ जना गरि १० जनालाई ३ महिनाका लागि खेलाडीलाई चाहिने डाइट सामग्री प्रदान गर्ने युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (मनाङे)ले घोषणा गरेको अध्यक्ष पराजुलीले जानकारी दिए ।
 

Loading ad...
LiNing Ad
#सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल