चर्च बोइज सेमिफाइनलमा
आइतबार, २९ चैत्र २०८२खेलपाटी संवाददाता
विराटनगर। चर्च बोइज युनाइटेड ३८औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
विराटनगरस्थित शहीद रंगशालामा आइतबार राति सम्पन्न खेलमा पूर्वविजेता विभागीय टोली एपीएफ क्लबलाई १–० ले पराजित गर्दै चर्च बोइज अन्तिम चारमा पुगेको हो।
चर्च बोइजको जितमा समीर तामाङले गरेको गोल नै निर्णायक बन्यो। खेलको २७औं मिनेटमा आशिष सोनामले मिलाइदिएको क्रस पासलाई समीरले आकर्षक गोलमा परिणत गरेका थिए। समीर खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ हात पारे।
पहिलो हाफमा १–० गोलले पछि परेको एपीएफले दोस्रो हाफमा आक्रामक खेल पस्किए पनि गोल गर्न सकेन।






-1775932166938.webp&w=3840&q=75)





