मनकामना टिम च्याम्पियन
आइतबार, २० चैत्र २०७८खेलपाटी संवाददाता
1648982091.jpg&w=3840&q=75)
काठमाडौं । आयोजक मनकामना डोजो प्रथम दिलबहादुर रम्तेल खुला कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ५ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै मनकामना समग्रमा टिम च्याम्पियन बन्यो ।
मित्रपार्कस्थित ह्वाइट हेभेन एकेडेमीमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र १ कांस्यसाथ बूढानीलकण्ठ दोश्रो भयो । तेश्रो स्थानको हायासिया सितोरियो, सिन्धुपाल्चोकले ३ स्वर्ण हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा सिन्धुपाल्चोकका फुर्वासिंह वाइबा तथा महिलामा च्याम्पियन मार्सल आर्ट्सकी योञ्जन लामा उत्कृष्ट खेलाडी घोषित भए ।
दुईदिने प्रतियोगितामा ३ सय खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेको मनकामना डोजोका प्रमुख छत्र ओलेले जनाएका छन् ।
मनकामना टिम च्याम्पियन











-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)