सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रिन्स र साजनकृष्ण क्वाटरफाइनलमा

मंगलबार, २९ चैत्र २०७८खेलपाटी संवाददाता
प्रिन्स र साजनकृष्ण क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र नेपाल एपीएफ क्लबका साजनकृष्ण ताम्राकार योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रिन्सले पाल्पाका सुरज तिमिल्सिनालाई २१–६ र २१–९ तथा साजनले सिल्क ग्रुपका नरेन्द्र बमलाई २१–१७, १२–२१ र २१–१५ को सेटमा पराजित गरे ।

अन्य खेलमा एपीएफका दीपेश धामीले १६ फेडर एकेडेमीका रोशन साउदलाई २१–१३ र २१–१२, नेपाल प्रहरी क्लबका विष्णु कटुवालले प्रहरीकै पूर्णबहादुर थापालाई २१–१७ र २१–१९, आर्मीका नवीन श्रेष्ठले कालिका बिसीका चक्र साउदलाई २१–४ र २१–९, आर्मीका प्रफुल महर्जनले १६ फेडेर एकेडेमीका क्षितिज खनाललाई २१–१६ र २१–१४ तथा कालिकाका सुदीप सेढाईंले कास्कीका विधान अधिकारीलाई २१–९ र २१–१९ ले हराउदै क्वाटरफाइनलमा पुगे । आर्मीका पविन लिङथेबले प्रहरीका जीवन आचार्यबाट वाकओभर पाउदै क्वाटरफाइनलमा पुग्न सफल भए ।

महिला सिंगल्समा आर्मीकी प्रार्थना देउवाले एपीएफकी शोभा गौचनलाई २१–१६ र २१–८, आर्मीकी अनुमाया राईले आर्मीकै रोज पाण्डेलाई २१–१५ र २१–१३, एपीएफकी सुनैना मुखियाँले कञ्चनपुरकी विस्ना विष्टलाई २१–११ र २१–६, प्रहरीकी निता लम्सालले काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) की एन्जल लिम्बूलाई २१–९ र २१–५, एपीएफकी जेशिका गुरुङले कञ्चनपुरकी निलिमा महरालाई २१–७ र २१–१० तथा आर्मीकी रशिला महर्जनले सर्लाहीकी निकिता लामालाई २१–६ र २१–७ को सोझो सेटमा पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । आर्मीकी अमिता गिरी बीबीएकी रोजी राईबाट वाकओभर पाउदै क्वाटरफाइनलमा पुगिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको यु–१९ पुरुष सिंगल्समा आर्मीका हिमाल चन्द, सुर्खेतका अनिल मल्ल, आर्मीका सन्तोष पनेरु, कपिलवस्तुका रोहित बराल, आर्मीका निशान कटुवाल, सिल्क ग्रुपका नरेन्द्र बम, कैलालीका चन्द्रिका कथारिया र आर्मीका गोकुल जोरा आ–आफ्नो प्रतिद्वन्द्वीलाई पन्छ्याउदै क्वाटरफाइनलमा पुगे ।

उक्त स्पर्धाको महिलामा पाल्पाकी सुष्मा बुढा, आर्मीकी प्रेक्षा राई, बुटवलकी प्रतिष्ठा अर्याल, कञ्चनपुरकी विस्ना विष्ट, आर्मीकी प्रार्थना देउवा, केबीएकी एन्जल लिम्बू र कञ्चनपुरकी निलिमा महरा आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुग्न सफल भए ।

हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठान र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. द्वारा संयुक्त आयोजित प्रतियोगिताको यु–१५ पुरुष सिंगल्समा सिल्क ग्रुपका कविर केसी, देवीनगर ब्याडमिन्टन क्लबका सक्षम ढकाल, स्पोर्ट्स हबका सुनिल कार्की, ललितपुरका सौर्य महर्जन, उदयपुरका रुमुहाङ राई, १६ फेडेर एकेडेमीका आरुष सिम्खडा, १६ फेडेर एकेडेमीका कृष नेपाल र एनआरएनका साहिल चन्द क्वाटरफाइनलमा पुगे ।

Loading ad...
LiNing Ad
प्रिन्स र साजनकृष्ण क्वाटरफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?