आइतबार, ०६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

नविन र बिष्णु प्रिक्वाटरमा

शुक्रबार, २५ जेठ २०७५खेलपाटी संवाददाता
नविन र बिष्णु प्रिक्वाटरमा
Classic Tech Internet Ad

त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठ र नेपाल पुलिसका बिष्णु कुटुवाल सातौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गरेका छन् ।

सुनसरीको ईटहरीमा बुधबार सुरु प्रतियोगितामा नविनले सप्तरीका सन्तोष कटुवाललाई २१–६, २१–५ ले र बिष्णुले एपिएफका निरञ्जन देवकोटालाई २१–९, २१–१५को जित निकाल्दै दाश्रो चरणमा प्रवेश गरेक हुने । यस्तै एपिएफका गौतम कठायतले कञ्चनपुरका प्रकाश चन्दलाई २१–९, २१–१२ले, सरीका प्रनिष सिंह ठकुरीले सप्तरीका सुनिल परियारबाट वाक ओभर, पुलिसका जीवन आचार्यले आर्मीका दिवस संकरलाई २१–१७, २१–११ ले, ताप्लेजुङका मनकुमार लिम्बुले मोरङका अमर लिम्बुबाट वाक ओभर पाउदा एपिएफका विजित थापा मगरले आर्मीका रुकेश महर्जनलाई २२–२०, २१–१४ ले हराएर प्रिक्वाटरमा स्थान पक्का गरेका छन् ।

त्यस्तै आर्मीका प्रफुल महर्जनले मोरङका डबल गुरुङबाट वाक ओभर, पुलिसका पूर्ण थापाले दाङका तुलसी महरालाई २१–८, २१–६ले, एपिएफका सुदीप सेंढाईले सुनसरीका सुजन श्रेष्ठलाई २०–२२, २१–१४, २१–१६ले र जेष्टका सुनिल जोशीले मोरङका सुमन राईलाई २१–९, २१–११ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाएका छन् ।

महिला एकलमा जेष्ट ब्याडमिन्टन एकेडेमीकी तारा आले र धनकुटाकी अरुणा तामाङ प्रिक्वाटरमा प्रवेश गरेका छन् । आलेले धनकुटाकी गिता राईलाई २१–१५, २१–१४ तथा तामाङले झापाकी अञ्जना राईलाई २१–१२, २१–१७ ले पराजित गरिन् ।

पुरुष यू – १९ तर्फ कन्चनपुरका सौरभ चन्द, मोरङका जोन जसराज, दाङका सुरज गुप्ता, जेष्टका सुनिल जोशी, आर्मीका रुकेश महर्जन, सुनसरीका क्षितिज के.सी., सोलुखुम्बुका पेम्बा शेर्पा, ताप्लेजुङका मिलन गुरुङ, आर्मीका दिवस संकर, जेष्टका प्रियान्सु क्षेत्री र कञ्चनपुरका विवेक चौधरीले प्रिक्वाटरमा स्थान बनाएका छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतीमा खेलकुद महासंघ आवद्ध राष्ट्रिय ब्याडमिन्टन संघले सातौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा पुरुष एकलमा २८ र महिला एकलमा १८ खेलाडीहरुको सहभागिता रहेको छ । त्यस्तै पुरुष जोडीतर्फ २७, महिला जोडीतर्फ ११, पुरुष यु – १९ मा १७, महिला यु – १९ मा १३ र भेट्रान्स जोडीतर्फ २७ जोडीले प्रतिस्पर्धा गर्ने छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
बेतना एफसी फाइनलमा

बेतना एफसी फाइनलमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

कोशी प्राइड लिग फागुन ९ देखि

कोशी प्राइड लिग फागुन ९ देखि

टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक

टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक

रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित

रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित