ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

हिमालयन मनोज, गोरखा। ११औं ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा नारायणगढ फुटबल क्लब र घोडाघोडी फुटबल एकेडेमी भिड्ने भएका छन्।
प्रतियोगिता शुक्रबारदेखि गोरखा नगरपालिका–९ स्थित कृत्रिम घाँसे मैदानमा सुरु हुनेछ। यी दुईबीच खेल बिहान ९ बजे सुरु हुनेछ। दिनको दोस्रो खेलमा द एक्सलेसर स्कुल र नव जनजागृति युवा क्लब भिड्ने छन्।
यी चार टोली समूह ‘ए’मा छन्। दिनको तेस्रो खेलमा समूह ‘बी’मा रहेका द ओल्ड क्यापिटल स्कुल र कटारी टाइगर फुटबल क्लब भिड्ने छन्। पाँचौं खेलमा जी एन्ड ए एकेडेमी र स्टार स्पोर्ट्स युवा क्लब भिड्नेछन्। यी दुईबीचको खेल दिउँसो १२ :३० बजे हुनेछ।
दिनको छैटौं खेलमा समूह ‘सी’का हिल्ली फिल्डर्स गोरखा र समाज कल्याण स्पोर्ट्स सेन्टर खेल्नेछन्। यस्तै अर्को खेलमा यही समूहका पटिहानी फुटबल क्लब र एजी १० एकेडेमी ललितपुर खेल्ने तय छ।
योसँगै एक राउन्ड समाप्त हुनेछ। अर्को राउन्डमा समूह ‘ए’का नरायणगढ र द एक्सलेसर तथा घोडाघोडी र नव जनजागृति युवा क्लब भिड्ने छन्। योसँगै पहिलो दिनको खेल समाप्त हुनेछ।
प्रतियोगितामा छात्रतर्फ देशभरबाट यू–१३ उमेर समूहको १२ टिमको सहभागिता रहने छ। लिगकम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा ३९ खलेहरु हुनेछन्। सहभागी टिमबीच एक आपसमा कम्तीमा ५ खेल हुने क्लबले जनाएको छ।
प्रतियोगितामा पहिलो हुनेले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्रको साथमा रनिङ ट्रफी, दोस्रो हुनेले १५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।
त्यस्तै फेयर प्ले अवार्ड, उत्कृष्ट गोलरक्षक र प्रतिभावान खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ। प्रतियोगिता सञ्चालनका लागि २० लाख १२ हजार ७ सय ६९ खर्च लाग्ने अनुमान गरिएको छ।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)







-1775701512962.webp&w=3840&q=75)