शनिबार, ०५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

एन्फा संकट : थापा र पाँडेको वारपार 

शुक्रबार, ०६ श्रावण २०७९खेलपाटी संवाददाता
एन्फा संकट : थापा र पाँडेको वारपार 
Classic Tech Internet Ad

काठमाडौं । दुई स्वार्थ समुहको टकरावका कारण फुटबल संघको राजनीतिमा जटिलता उत्पन्न भएको छ । आफ्नै समुहका दुई स्वार्थ समुहलाई व्यवस्थापन गर्न नसक्दा नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङले एन्फाको कार्यसमिति बैठक राख्न सकेका छैनन् । एन्फाका पूर्व अध्यक्ष गणेश थापा र अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा नियुक्ति लिएका नविन पाँडेको एकले अर्कोलाई सिध्याउने रणनीतिको चेपुवामा नवनिर्वाचित अध्यक्ष नेम्वाङ परेका छन् । एन्फाको सत्तामा आउन एक अर्कालाई प्रयोग गरेका दुवै समुह निर्वाचित भएर आएपछि सत्ताको बागडोरमा हाबी बन्न खोजेपछि समस्या उत्पन्न भएको हो । त्यसको प्रत्यक्ष असर फुटबलका कार्यक्रम र गतिविधिमा परेको छ । एन्फा कार्यसमिति बैठक बस्न नसक्दा अर्को महिना नेपालमा आयोजना हुने निर्णय भएको महिला साफ लगायत घरेलु फुटबलका सम्पुर्ण कार्यक्रम प्रभावित बनेका छन् । 

एकता 

तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजनीतिक रुपमा पराजित गर्न थापा, नेम्वाङ र पाँडे एकजुट भएका थिए । शेर्पासँग राजनीतिक बदला लिन र फुटबलको सत्तामा पुग्न थापाले नेम्वाङलाई अध्यक्षमा अघि सारे । नेम्वाङ र पाँडेले समेत थापाको समर्थन बिना एन्फाको सत्तामा पुग्न नसक्ने निष्कर्श निकाल्दै हात मिलाएका थिए । एन्फा निर्वाचनमा नेम्वाङको नेतृत्वमा दुवै समुहले प्यानल खडा गरेको थियो । जुन प्यानलमा नेम्वाङ भन्दा थापा निकट उम्मेदवारको बाहुल्यता थियो । चुनावमा थापाले थप चलाखी गरे । उनले नेम्वाङ निकट मानिने प्रदेश नम्बर एक र दुईबाट उम्मेदवार भएका अधिकांशलाई हराएर आफु निकटका उम्मेदवारलाई मात्र जिताए । उनले शेर्पा प्यानलमा रहेका र आफुसँग नरम रहने केही उम्मेदवारलाई पनि सहयोग गरे । जसले अध्यक्षमा नेम्वाङले जितेपनि अधिकांश कार्यसमितिमा आफु निकटका पदाधिकारीलाई ल्याउन थापा सफल रहे । एन्फाको वर्तमान कार्यसमितिमा नेम्वाङसँग उपाध्यक्ष दावा लामा मात्र देखिएका छन् । बहुमत सदस्य थापाकै निगाहा र रणनीतिमा चुनाव जितेका हुन् । 

अविश्वास 

चुनाव जितेर आएपछि नेम्वाङ समुह छिन्न भिन्न भैसकेको थियो । चुनावी परिणामले बिशाल नगरलाई बलियो बनाईसकेको थियो । नेम्वाङ प्यानलकै स्पष्ट रुपमा दुई धारमा विभाजित भैसकेको थियो । थापाले बहुमत पदाधिकारी र कार्यसमिति आफु निकट रहेका भन्दै एन्फा सञ्चालनको योजना बनाउन थाले । उनले एन्फा महासचिवमा छनोट मापदण्ड बनाएर छोरा गौरवलाई राख्न चाहेका थिए । तर नेम्वाङले शपथ खान गएको कार्यसमिति सदस्यको आकस्मिक बैठक राखेर महासचिवमा किरण राई, कोषाध्यक्षमा रबिन्द्र जोशी र अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा नविन पाँडेलाई नियुक्त गरिदिए । आफुसँग सल्लाह नगरि महासचिव लगायतका पदमा नियुक्ति गरिएको भन्दै नेम्वाङसँग थापाले असन्तुष्टि राखे । नियुक्तिको भोलिपल्ट समुहको बैठकनै डाँकेर थापाले अध्यक्ष र पाँडेलाई हकार्ने काम गरेका थिए । त्यही बैठकमा पाँडेले थापाको प्रतिरोध गरेका थिए । थापा र पाँडेबीच कसले नेम्वाङलाई जिताएको भनेर जस लिन विवादनै चलेको थियो । जस लिने मात्र हैन, एन्फामा आफु निकटका व्यक्तिलाई व्यवस्थापन गर्ने थापा र पाँडेको स्वार्थले नेम्वाङ समुहमा अविश्वासको खाडल परेको छ । 

प्रतिशोध 

पूर्व अध्यक्ष थापाले पाँडे नियुक्तिको सामाजिक सञ्जालबाट बिरोधनै गरे । पाँडेले पनि छोरालाई सिईयो बनाउने थापाको दबाबलाई रोक्न प्रयास गरे । थापा कुनै हालतमा बेरोजगार छोरा गौरवलाई एन्फामा पद सहित व्यवस्थापन गर्न चाहन्छन् । शेर्पालाई अध्यक्ष पदबाट हटाउन ‘रोईलो’ गर्दै क्लब र जिल्लाका पदाधिकारीको घरदैलो गरेका थापा चुनावपछि आफ्नो योगदानको मुल्याङकन गरेर छोरालाई सिईओ बनाउन दबाब र लाचारी प्रस्तुत गरिरहेका छन् । उनको रोदनबाट प्रभावित बनेर शेर्पा प्यानलबाट चुनाव जितेका दावा लामा र भरत बुढ क्षेत्रीले पाँडे हटाउने र गौरवलाई सिईओ बनाउने दुई वटा विषयमा सहयोग गर्ने प्रतिबद्धता जनाईसकेका छन् । गौरवलाई नियुक्ति दिने प्रक्रियालाई रोक्ने पाँडेलाई जसरी पनि हटाउन थापाले बहुमत कार्यसमितिका सदस्यको हस्ताक्षर सहित एन्फामा पत्रनै दर्ता गराईसकेका छन् । थापालाई भ्रष्टचारको मुद्धामा प्रतिबन्धित गर्न मुख्य भुमिका खेलेका पाँडे थप प्रमाण जुटाएर आजिवन प्रतिबन्धको कसरत गरिरहेका छन् । जर्मनमा रहेका पाँडेले थापालाई देखाइदिने भन्दै प्रमाण संकलन गरेर अन्तराष्ट्रिय पत्राचारलाई तिव्रता दिएका छन् । 

थापा र पाँडेको यही वार र पारको लडाँईले नेम्वाङमाथि दबाब बढेको छ । खासै दबाब खेप्न नसक्ने स्वभावका नेम्वाङलाई थापा र पाँडेको लडाईले ‘ब्लड प्रेसर’ बढेको छ । नेम्वाङ आफ्नो सत्ता यात्राका रणनीतिकार पाँडेलाई छाड्न सक्ने अवस्थामा छैनन् । थापा पनि पाँडेलाई एन्फाबाट कुनै हालतमा हटाउन चाहन्छन् । पाँडेलाई नियुक्ति गर्ने निर्णयनै अल्पमतमा पर्ने देखिएपछि कार्यसमितिमा विश्वास गुमाएका नेम्वाङ ‘पेण्डुलम’ अवस्थामा छन् । नेम्वाङले अब लिने रणनीतिक मुभले फुटबल संघको राजनीति अघि बढ्ने देखिन्छ । 
 

Bajaj Pulsar Motorcycle Ad
#थापा र पाँडे

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

नापोली इटालियन सुपर कपको फाइनलमा

नापोली इटालियन सुपर कपको फाइनलमा