नवौं राष्ट्रिय : चन्द्रकलालाई स्वर्ण
शनिबार, २९ आश्विन २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला सटपुटमा पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा चन्द्रकलाले १२.४० मिटर दुरी थ्रो गर्दै स्वर्ण जितेका हुन् ।
लुम्बिनी प्रदेशकी संगीना अधिकारीले १०.८३ मिटर थ्रो गर्दै रजत जितेकी छिन् ।
पुलिसकी बसन्त चौधरीले ९.८६ मिटर थ्रो गर्दै कास्य जितिन् ।
पुरुष सटपुटमा आर्मीका तिलक बिकले स्वर्ण पदक जितेका छन् ।
नवौं राष्ट्रिय : चन्द्रकलालाई स्वर्ण











-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)

