दिवान्सलाई सदस्य–सचिवको बधाइ
शुक्रबार, ०८ पौष २०७९खेलपाटी संवाददाता
काठमाडौं । एसियाली किक बक्सिङ च्याम्पियनसिपका कांस्य विजेता दिवान्स श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बधाइ दिएका छन् ।
त्रिपुरेश्वरस्थित आफ्नै कक्षमा भेट गरी सदस्य–सचिव घिसिङले दिवान्सलाई सफलताका लागि बधाइ दिएका हुन् ।
डिसेम्बर १० देखि १८ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत पुरुष ५७ केजीमा दिवान्सले २ राष्ट्रका खेलाडीलाई हराउदै कांस्य जितेका थिए । उनले कम्बोडिया र चाइनिज ताइपेइका खेलाडीलाई पराजित गरे । त्यसपछि दिवान्स इरानका खेलाडीसँग चुकेका थिए ।
नेपालबाट पुरुष ८० केजीमा प्रतिस्पर्धा गरेका सन्जित शाही भने पहिलो चरणमै काजकिस्तानका खेलाडीसँग पराजित भए।
दिवान्सलाई सदस्य–सचिवको बधाइ









-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
