बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

लोटस आई स्कुल र होली फेमिली विजयी

बुधबार, २५ माघ २०७९खेलपाटी संवाददाता
लोटस आई स्कुल र होली फेमिली विजयी
Loading ad...
mustang rice ad

धनगढी । कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत बुधबार लोटस आई स्कुल अत्तरिया र होली फेमिली स्कुल महेन्द्रनगर विजयी भएका छन् । 

दिनको पहिलो खेलमा लोटस आई स्कुल अत्तरियाले शारदा विद्या निकेतन तारानगरलाई ७७ रनले पराजित गर्‍यो । 

लोटसले दिएको १८२ रनको लक्ष्य पछ्याएको शारदा निकेतनले १८.१ ओभरमा १०५ रनमा सबै विकेट गुमायो । 

लोटस आईको बलिङमा देब्रे हाते स्पिनर नरेन साउदले ४ विकेट लिए । प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा २ मेडन ओभर राख्दै १७ रन खर्चिए । सन्तोष बिजलीले २ तथा वीरेन्द्र नाथ र सुरेश रिजालले १/१ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिङ गरेको लोटस आईले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १८१ रन बनायो । 

लोटस आईको लागि योगेश भाटले सर्वाधिक ३८ रन बनाए भने आयुब चन्दले ३४, लक्की कडायत र नरेन साउदले समान २६ प्रदीप चन्दले २२ रन बनाए । पाँचौँ विकेटको लागि योगेश र नरेनले ६ ओभरमा ७४ रनको साझेदारी गरे । शारदा निकेतनका बलर नागराज सिंह, अशोक धामी, दीपक रोकाया र राजेन्द्र साउदले १र१ विकेट लिए । 

दिनको दोस्रो खेलमा होली फेमिली स्कुल महेन्द्रनगरले नव बल बाटिका स्कुल कैलालीलाई ३ विकेटले पराजित गर्‍यो ।

नव बल बाटिकाले दिएको ११६ रनको लक्ष्य होली फेमिलीले ७ विकेट गुमाएर १८.३ ओभरमा भेटायो । 

होली फेमिलीको ब्याटिङमा राहुल भण्डारीले सर्वाधिक २६ रन बनाए भने बिरेन बम र अरुण रानाले समान २३ रन बनाए । यु(१९ राष्ट्रिय क्रिकेटर समेत रहेका नव बल बाटिका स्कुलका बलर प्रकाश जैसीले ४ विकेट लिएता पनि जितको लागि पर्याप्त रहेन । 

यस अघि टस जितेर ब्याटिङ गरेको नव बाल बाटिकाले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा ११५ रन बनायो। उसको लागि रौनक श्रीवास्तवले सर्वाधिक २९ रन बनाए। यस्तै विराट सिंह भण्डारीले २१, रिजन थापाले १३ तथा गजेन्द्र बोहराले १२ रन बनाए । 

होली फेमिलीका बलर प्रेम ठकुराठीले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १५ रन खर्चिए। नेहाल दमाई, बिरेन बम, राहुल भण्डारी र सन्तोष बिस्टले १र१ विकेट लिए ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।  

Loading ad...
LiNing Ad
लिटल आई स्कुल र होली फेमिली विजयी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने