सेब र गोल्डेनपिकको जित
शनिबार, २८ माघ २०७९खेलपाटी संवाददाता
काठमाडौं । सेब र गोल्डेनपिकले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।
हात्तीगौडास्थित आयोजक भद्रकालीको कोर्टमा सेबले ग्रिनल्यान्डलाई २९–२४ ले पराजित गर्यो । सेबका विकास डाँगीले १५ स्कोर गरे । गोल्डेनपिकले एन्जल्स हार्टलाई ४६–३६ ले हरायो । गोल्डेनपिकका सुविन तामाङले ७ अंक जोडे । स्कोलर्स होमले आयोजक भद्रकालीलाई २४–२० ले पन्छायो ।
जुनियर ब्वाइजमा गोल्डेनपिक र स्किब्सले सफलता पाए । गोल्डेनपिकले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई १८–१४ ले पाखा लगायो । गोल्डेनपिकका अमन र पासाङले समान ६–६ स्कोर गरे । एन्जल्स हार्ट विरुद्धको खेलमा स्किब्स १२–१० ले विजयी भयो ।
सेब र गोल्डेनपिकको जित










-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)