ज्ञान निकेतनको सफल सुरुआत
बिहिबार, ०४ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आयोजक ज्ञान निकेतन स्कुलले २० औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको ।
ज्ञान निकेतनले नेरिक एकेडेमीलाई ३४–२७ ले पराजित गर्यो । विजेताका तुसार महर्जनले १७ स्कोर गरे ।
अन्य खेलमा मनासलुले केएमसीलाई २१–१९, बुद्ध एकेडेमीले काठमाडौं जेभियरलाई ५१–४० तथा एन्जल लर्डले पुष्प वाटिकालाई २६–११ ले हराए । मनासलुका नरिनसिंह धामीले १७, बुद्ध एकेडेमीका गेलेक छाक्पा शेर्पाले २३ तथा एन्जल लर्डका रवि कार्कीले ९ अंक जोडे ।
जुनियर ब्वाइजमा युनिक नेपालले नेरिकलाई ११–७ तथा काठमाडौं जेभियरले केएमसीलाई १२–१० ले पन्छाए । युनिका सजित रिमालले ६ तथा काठमाडौं जेभियरका सुविन बस्नेतले ९ अंक जोडे ।
सिनियर गर्ल्समा इनोभेटिभले मनासलुलाई १८–१० ले पाखा पराजित गर्यो । विजेताकी कुमल विद्याले १३ अंक जोडिन् ।
ज्ञान निकेतनको सफल सुरुआत








-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)