चाँदबाग र रेडिअन्टलाई उपाधि
मंगलबार, ०९ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । रेडिअन्ट पब्लिक र आयोजक चाँदबागले चाँदबाग कमफेस्टको बास्केटबलमा मंगलबार च्याम्पियन बनेका छन् ।
रेडिअन्ट ब्वाइज तथा चाँदबाग गर्ल्समा पहिलो भएका हुन् ।
ब्वाइज फाइनलमा रेडिअन्टले युरो स्कुललाई १७–१३ ले पराजित गर्यो । रेडिअन्टका सुगम राना मगरले १७ स्कोर गरे । गल्र्सको उपाधि भिडन्तमा चाँदबागले पाठशाला नेपाललाई १२–११ ले हरायो । चाँदबागकी अमौलिका खड्काले ६ अंक जाडिन् ।
सुगम र अमौलिका ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
फुटबलमा लोयल्टी एकेडेमीले काष्ठमण्डप विद्यालयलाई २–१ ले हराउदै पहिलो भयो ।
चाँदबाग र रेडिअन्टलाई उपाधि








-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)