सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

लङजम्पमा सुदीपको कीर्तिमान

शनिबार, १६ बैशाख २०८०खेलपाटी संवाददाता
लङजम्पमा सुदीपको कीर्तिमान
Loading ad...
mustang rice ad

काठमाडौं । लुम्बिनीका सुदीप थारुले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा शनिबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

छात्रको लङजम्पमा सुदिपले ६.८४ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको ६.६४ मिटरको कीर्तिमान सुधार गरेका हुन् । लुम्बिनीले छात्र ४ गुणा १ सय मिटर रिलेमा पनि जुनियर राष्ट्रिय कीर्तिमान कायम गर्यो । सुदिप सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले निर्धारित दूरी ४४.० सेकेन्डमा पूरा गर्दै तत्कालिन मध्यपश्चिमाञ्चल टोलीको नाममा रहेको ४४.५३ सेकेन्डको कीर्तिमान भंग गर्यो ।

लुम्बिनी प्रदेशका तुलसीराम थारुले छात्र तथा कर्णाली प्रदेशकी सरिता खड्काले छात्रा ४ सय मिटर दौडमा स्वर्ण जिते।

तुलसीले निर्धारित दूरी ५१.३ सेकेन्डमा पूरा गरे । सरिताले निर्धारित दूरी तय गर्न १ मिनेट ०३.२ सेकेन्ड समय लगाइन् । सरिता ८ सय मिटर दौडमा पनि स्वर्ण जित्न सफल भइन् । सरिताले दूरी २ मिनेट ३०.७ सेकेन्डमा तय गरिन् । छात्र ८ समय मिटर दौड २ मिनेट ०१.८ सेकेन्डमा सकाउदै लुम्बिनीका विकास विक पहिलो भए ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिता अन्तर्गत ४ गुणा १०० मिटर रिलेको छात्रामा लुम्बिनीले स्वर्ण चुम्यो ।

ज्याभ्लिन थ्रोमा रवि चौधरी (५१.८४ मिटर) ले शीर्ष स्थान कब्जा गरे । छात्राको लङजम्पमा रेसु थारु (४.९१ मिटर) तथा ज्याभ्लिन थ्रोमा दिब्यकला थारु पहिलो भए । लङजम्प र ज्याभ्लिन थ्रोका विजेता चारै लुम्बिनीका हुन् ।

कराते :एकल कातामा सूर्य र सन्जु पहिलो

कोशीका सूर्यचन्द्र राईले छात्र एकल कातामा स्वर्ण जितेका छन् । गण्डकी प्रदेशका प्रिन्स गुरुङ दोश्रो तथा बागमतीका अन्जन यस्माली मगर र कर्णालीका लक्ष्मण शाही तेश्रो भए । उक्त स्पर्धाको छात्रामा बागमतीकी सन्जु देशारले स्वर्ण, मधेश प्रदेशकी सुजिता परियारले रजत तथा मधेशकी प्रोसिया चौधरी र कर्णालीकी प्रियंका शाहीले कांस्य जिते ।

छात्र ५२ केजीमा कोशीका अंकित राईले स्वर्ण जिते । अंकितले फाइनलमा बागमतीका करण चौधरीलाई पराजित गरे । कर्णालीका निशान रस्कोटी तथा सुदूरपश्चिम प्रदेशका लक्ष्मण बिसी संयुक्त रुपमा तेश्रो भए । छात्रा ४० केजीमा बागमतीकी प्रमिला पाख्रिनले फाइनलमा बागमतीकै अनु मोक्तानलाई हराउदै स्वर्ण जितिन् । सुदूरपश्चिमकी पूजा सुनार र लुम्बिनीकी विनिता बुढा मगर तेश्रो स्थानमा रहे ।

छात्रा ४५ केजीमा गण्डकीकी अपेक्षा थापाले पहिलो स्थान हात पारिन् । अपेक्षाले फाइनलमा बागमतीकी सन्जु देशारलाई पाखा लगाएको करातेका पूर्व प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् । मधेशकी प्रोसिया चौधरी तथा बागमतीकी ममता साह शंकरले कांस्य हात पारे ।

उसु : एलिस पहिलो

उसुको छात्रतर्फ नान छ्वानमा कोशीका एलिश मरिक पहिलो, बागमतीका सुमन तामाङ दोश्रो तथा गण्डकीका लेनिन राना तेश्रो भए । सो स्पर्धाको छात्रामा बागमतीकी ममता सुनुवारले स्वर्ण, सुदूरपश्चिमकी दिब्य बोगटीले रजत र सुदूरपश्चिमकै कटिना बोहराले कांस्य हात पारे ।

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको छात्रा छाङ छ्वानमा बागमतीकी मारिया राई पहिलो, सुदूरपश्चिमकी दिपिका चौधरी दोश्रो तथा बागमतीकी अनुषा लुङेल मगर तेश्रो बने ।

छात्र थाइची छ्वानमा सुदूरपश्चिमका शिरीष श्रेष्ठ प्रथम, बागमतीका विवेक मण्डल द्वितीय र सुदूरपश्चिमका प्रमित चौधरी तृतीय भए । उक्त स्पर्धाको छात्रामा सुदूरपश्चिमकी पुष्पा कुँवर पहिलो, बागमतीकी लक्ष्मी तामाङ दोश्रो तथा कोशीकी इक्सा लङवा तेश्रो बने ।

Loading ad...
LiNing Ad
लङजम्पमा सुदीपको कीर्तिमान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने

उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा