आर्मीले हिमालयनलाई हरायो
शुक्रबार, २६ जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आर्मीले हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
आर्मीको जितमा सुदिल राईले निर्णायक गोल गरे ।
सुदिलले खेलको छैटौं मिनेटमा गोल गरेका थिए ।
जितसँगै आर्मीले २६ खेलमा ३४ अंक जोडेको छ ।
आर्मी छैटौं स्थानमा उक्लिएको छ ।
हिमालयन २६ खेलमा ३१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
आर्मीले हिमालयनलाई हरायो










%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)


