सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाली फुटबलको उधोगती

आइतबार, १० असार २०८०खेलपाटी संवाददाता
नेपाली फुटबलको उधोगती
Loading ad...
mustang rice ad

काठमाडौं । साविक उपविजेता नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । लगातार दोस्रो खेलमा हार ब्यहोर्दै नेपाल समूह चरणबाटै घर फर्किने टुङ्गो लागेको हो । घरेलु संरचनाको जग र अन्तराष्ट्रिय नतिजाले फुटबल हिडेको बाटोको मुल्याङ्कन हुने हो । यस हिसाबले पछिल्लो एक वर्ष नेपाली फुटबल निरन्तर उधोगतीतिर उद्यत रहेको देखाउँछ ।

साफ च्याम्पियनसिपको नतिजा नेतृत्वको रुपमा भर्खरै एक वर्ष अवधि पार गरेका अध्यक्ष पंकज बिक्रम नेम्वाङको रिपोर्ट कार्ड समेत हो । साफको नतिजाको हिसाबले एन्फा नेतृत्वको रुपमा नेम्वाङ पूर्ण रुपमा फेल भएका छन् । व्यवसायीक खेलकुदमा अन्तराष्ट्रिय नतिजाकै लागि लगानी र तयारी गर्ने हो । तर फुटबल पछिल्लो समय सही बाटो नहिडेको प्रमाण साफ च्याम्पियनसिपको नतिजा हो ।

अघिल्लो संस्करणमा नेपाल साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको थियो । भारतसँग पराजित हुँदै नेपाल उपाधिबाट बिमुख बनेको थियो । नेपालको लक्ष्य कम्तीमा अघिल्लो संस्करणको नतिजाको रक्षा हुनुपर्दथ्यो । तर नेपालले समूह चरण पार गर्न समेत सकेन । प्रतियोगिताका लागि नेपालको तयारी एकदमै फितलो रह्यो । साफका लागि नेपालको कुनै योजना, लगानी र संकल्प भारतको मैदानमा देखिएन ।

कमजोरी घरेलु संरचना र व्यवस्थापकीय कमजोरीका कारण नेपाली फुटबल दलदलमा छ । भिजन विहिन नेतृत्व, स्वार्थकेन्द्रित एन्फाका पदाधिकारीको जथ्थाका कारण नेपाली फुटबल अध्यारो सुरुङतिर अग्रसर छ । नेतृत्वको असक्षमता र स्वार्थ केन्द्रित एन्फा पदाधिकारीका कारण फुटबलले सही बाटो समात्ने लक्षण देखिदैन । कमाउ र लुटौं भन्ने ध्याउन्नमा अधिकांश पदाधिकारी छन् ।

खेल, खेलाडी र फुटबल विकासमा कुनै पदाधिकारीको ध्यान देखिदैन । रोचक विषय खेलाडी, पदाधिकारी सबैको ध्यान विदेशमा छ । खेलाडी सुरक्षित भविष्यको खोजीमा छन्, पदाधिकारी भने फुटबलको नाममा मोज, मस्तीको ध्याउन्नमा विदेशको चक्करमा छन् । खेलको विकास, खेलाडीको भविष्यको एजेण्डा कुनै एन्फाका पदाधिकारीमा देखिदैन । दुई फरक–फरक प्यानलबाट चुनाव जितेर एन्फा पसेका अधिकांश पदाधिकारी ब्यक्तिगत स्वार्थ पुरा गर्न भने एकमत छन् ।

ब्यापक रुपमा बदल्नुपर्ने घरेलु फुटबलको संरचना र सुरक्षित गर्नुपर्ने खेलाडीको भविष्यमा एन्फाको ध्यान देखिदैन । भर्खरै तीन महिने लिग खेलेका अधिकांश खेलाडी अब करिब ५ महिना बेरोजगार बस्नुपर्नेछ । त्यसपछि दुई महिने फ्रेन्चाईज फुटबलको घोषणा भएको छ र त्यसपछि हरेक वर्ष अनिश्चित जस्तै हुने तीन महिना लिगलाई खेलाडीले पर्खनुपर्नेछ । अनि कुन खेलाडीले देशमा भविष्य खोजोस् । कोही किन अष्ट्रेलिया, खाडी वा विदेश नलागोस् । खेलाडीलाई वर्षभरीको कार्यक्रम, व्यवसायीक रुपमा वर्षभरी हुने लिग फुटबल सञ्चालनबारे त बहषनै सुरु भएको छैन ।

यो जिम्मेवारी कसको हो ? एन्फा नेतृत्वको फुटबल बनाउने सपना के हो ? अठोट, दृढता र संकल्प के हो ? खेलाडीले सुन्न पाएका छैनन् । फुटबलले देख्न पाएको छैन ।

यो जिम्मेवारी नेतृत्वमा रहेका पंकज नेम्वाङको मात्र हैन, फुटबल बनाउने कसम खाएर एन्फा छिरेका २१ जना कार्यसमिति सदस्यको समेत हो । प्रश्नको जवाफ तिनीहरुले पनि दिनुपर्नेछ । कार्यसमिति बैठकमा हरेक जसो समय पर्स हराउन, विदेश सयरको टिकेट कुम्लयाउन, मासिक भत्ता पचाउन मात्र एन्फा छिरेको हो भने फरक कुरा हो, नत्र हरेक कार्यसमिति सदस्य नेपाली फुटबलको असफलताको जिम्मेवारी बन्नुर्नेछ । हेक्का सबैलाई रहोस् ।

Loading ad...
LiNing Ad
नेपाली फुटबलको उधोगती

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने