सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फासँग ए डिभिजन क्लबहरुको गुनासो 

मंगलबार, १९ असार २०८०खेलपाटी संवाददाता
एन्फासँग ए डिभिजन क्लबहरुको गुनासो 

एन्फा र क्लबका प्रतिनिधिको भेटघाटको फाइल तस्विर ।

Loading ad...
mustang rice ad

काठमाडौं । ए डिभिजनका क्लबहरुले आफुसँग गरिएको सम्झौता बेवास्ता गरेको भन्दै अखिल नेपाल फुटबल संघ एन्फासँग गुनासो गरेका छन् । मंगलबार एन्फा हेडक्वार्टरमा पदाधिकारीसँग भेट गर्दै क्लबका अधिकारीहरुले आफुहरुसँग गरिएको प्रतिबद्धता र सम्झौता अनुसार एन्फाले काम नगरेको गुनासो गरेका हुन् । 

एन्फाले सम्झौता अनुसारको तयारी खर्च, दोस्रो चरणको म्याच मनी र पुरस्कार रकम नदिएको क्लबहरुको गुनासो छ । एन्फाको ढिला सुस्तीका कारण आफुहरुलाई गाह्रो परेको क्लबहरुको गुनासो छ । ए डिभिजनका क्लबहरुले प्रतिबद्धता अनुसार एन्फाले रकम उपलब्ध नगराउँदा क्लब चलाउन गाह्रो परेको बताएका थिए । 

‘गत वर्षकै तयारी रकम पाएका छैनौं । यस वर्षको तयारी रकम समेत सम्झौता अनुसार पाएका छैनौं ।’ संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले छलफलमा भने, ‘क्लबसँग गरिएको सम्झौता र प्रतिबद्धता एन्फाले बेवास्ता गरेको महशुश भएको छ ।’

‘एन्फाका कारण क्लबलाई गाह्रो भयो । क्लबले धेरै खेलाडीलाई चेक दिएर पठाएको छ । चेक बाउन्स भैराखेको छ । एन्फाले समयमै पैसा नदिदाँ क्लबको बेईज्जत भैरहेको छ ।’ उनको गुनासो थियो ।

लिगको तयारी खर्च, म्याच मनी र पुरस्कार वापतको रकम नपाएको भन्दै ए डिभिजनका अधिकांश क्लब मंगलबार एन्फा कम्प्लेक्स पुगेका थिए । उनीहरुले महासचिव किरण राई, प्रवक्ता सुरेश साह, सदस्य पुरुषोत्तम थापा सहितका पदाधिकारीसँग भेटेर आफ्नो गुनासो सुनाएका थिए ।

मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घलेले एन्फाले कोशिश गरेको खण्डमा क्लबको समस्या समाधान गर्न सक्ने धारणा राखेका थिए । उनले व्यवस्थापन पक्षलाई सक्रिय र चुस्त बनाएको खण्डमा तयारी वापतको रकम दिन एन्फालाई गाह्रो नहुने बताएका थिए । उनले एन्फाको बेवास्ताको कारण क्लबले समयमै रकम पाउन नसकेको उल्लेख गरेका थिए । 

चर्च ब्वाईजका अध्यक्ष रुविन राईले एन्फाबाट समयमै रकम प्राप्त गर्न नसक्दा खेलाडीसँग क्लबको दरार उत्पन्न हुने समय आएको बताए । उनले एन्फाको ढिला सुस्तीले लिग च्याम्पियन टिमलाई धेरै मर्का परेको बताए । 

‘धेरै खेलाडीलाई चेक दिएर पाठएको छु । लिग च्याम्पियन भएको टिम हो । प्राइज मनि र पुरस्कार राशी नपाएको खेलाडीको चेक बाउन्स हुने सम्भावना हुन्छ । यसले क्लब र खेलाडीबीच दरार आईरहेको छ । पुरस्कारको रकम चाँडो निकासा गरिदिन पर्यो ।’ बैठकमा उनले भने । बैठकमा संकटा, मनाङ, चर्च ब्वाईज सहित मछिन्द्र, फ्रेन्ड्स लगायतका क्लबका पदाधिकारी उपस्थित थिए । 

एन्फा महासचिव किरण राईले क्लबको समस्या समाधानमा एन्फाले पहल गर्ने आश्वासन दिएका थिए । उनले आफु चाँडै फिफा बैठकमा सहभागी हुन दुबई जान लागेको जानकारी गराउँदै नेपालबाट रोकिएका बिल पास गर्ने सन्दर्भमा फिफाका अधिकारीसँग छलफल गर्ने बताएका थिए ।

एन्फाकै कारण आफुहरुले दुख पाएको गुनासो गर्दै ए डिभिजनका क्लबले यसअघि पत्रकार सम्मेलन गरेर विरोध जनाएका थिए । एन्फासँगको सहमतीमा उनीहरुले लिगको दौरान कालो पट्टी बाधेर खेल्ने निर्णय फिर्ता लिएका थिए । तर सहमती अनुसारको रकम एन्फाबाट प्राप्त नभएको भन्दै क्लबहरु आक्रोसित बनेका छन् । उनीहरुले सहमती कार्यान्वयनमा एन्फा गम्भिर नभएको खण्डमा कडा प्रतिकारमा उत्रने चेतावनी एन्फा नेतृत्वलाई दिएका छन् । 
 

Loading ad...
LiNing Ad
#एन्फासँग ए डिभिजन क्लब

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान