सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनआरएस स्पोर्टस फाउन्डेसनले दौड संस्कृतिको प्रबर्द्धन गर्ने

बिहिबार, २१ असार २०८०खेलपाटी संवाददाता
एनआरएस स्पोर्टस फाउन्डेसनले दौड संस्कृतिको प्रबर्द्धन गर्ने
Loading ad...
mustang rice ad

काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनले नेपालमा दौड संस्कृतिलाई प्रबर्द्धन गर्न र लामो दुरीका धावकलाई अन्तराष्ट्रिय दौड प्रतियोगितामा सहभागीता जनाउने वातावरण तयार गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

इनड्राइभसँगको सहकार्यमा फाउन्डेसनले आगामी बुधबारदेखि सुरु हुने गरि १२ वर्ष मुनिका खेलाडीलाई प्रशिक्षण दिने कार्यक्रम ल्याउन लागेको बिहीबार बिज्ञप्तिमार्फत जनाएको छ ।  

फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले स्थानीय प्रतिभालाई राम्रोसँग हुर्काउन सकेको खण्डमा नेपालले माथिल्ला दर्जाका धावक उत्पादन गर्न सक्ने र विश्वस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने बताउँछन् ।

ऐतिहासिक रुपमा नेपालको दौडमा प्रर्दशन र नतिजा राम्रो रहेकाले व्यवस्थित प्रशिक्षण र सहयोगले नेपाली खेलाडी विश्व विजेता बन्ने सम्भावना रहेको श्रेष्ठ बताउँछन् । इनड्राइभरसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको प्रशिक्षणले राम्रा खेलाडी उत्पादन र अन्तराष्ट्रिय नतिजा ल्याउन सहयोग पुग्ने श्रेष्ठले बिज्ञप्तिमा उल्लेख गरेका छन् । 

फाउन्डेसनले प्रशिक्षण कार्यक्रमलाई काठमाडौं उपत्यका सहित नजिकका सहरमा सञ्चालन गर्ने बताएको छ । आगामी दिनमा यसलाई अझ विस्तार गरिने फाउन्डेसनले जनाएको छ ।

अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गरिने यस कार्यक्रममा दौड, इन्डुरेन्स ट्रेनिङ तथा सम्भावित चोटबाट बच्नेबारे पर्याप्त ज्ञान प्रदान गरिने फाउन्डेसनले जनाएको छ । धावकलाई शीप तिखार्न, स्टामिना बढाउन र समग्रमा प्रर्दशनलाई उच्च बनाउन प्रशिक्षणले सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए । 

नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठले खेलकुदको व्यवस्थापन गर्ने कम्पनी एनआरएस स्पोर्टस फाउन्डेसन स्थापना गरेर म्याराथन लगायतका खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

Loading ad...
LiNing Ad
#एनआरएस स्पोर्टस फाउन्डेसन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान