सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपले विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्ने 

शुक्रबार, २२ असार २०८०खेलपाटी संवाददाता
राखेपले विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्ने 
Loading ad...
mustang rice ad

काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । 

खेलकुदलाई विश्वविद्यालय तहमा विस्तार गर्न राखेपले अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको हो । 

पहिलो संस्करणको अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता वैज्ञानिक र व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवालसंग छलफल गर्न भक्तपुरको सानो ठिमीस्थित विश्वविद्यालय अनुदान आयोगको सभा हलमा शुक्रबार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । 

बैठकले विश्वविद्यालयको क्यालेन्डरसंग नजुध्ने गरी प्रतियोगिता माघको दोश्रो सातापछि आयोजना गर्ने सहमति गरेको छ ।  
तत्कालका लागि विश्वविद्यालय खेलकुद प्रतियोगितामा एथलेटिक्स, भलिबल, बास्केटबल, टेबलटेनिस र ब्याडमिन्टन खेल समावेश गर्ने निर्णय भएको छ ।

सो प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता तथा खेलाडीको प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद्ले देशभरमा रहेका आफ्नो पूर्वाधार सम्बन्धित विश्वविद्यालयलाई प्रयोग गर्न दिनेलगायतका विषयमा पनि सहमति भएको छ ।

विश्वविद्यालय अनुदान आयोगको समन्वयमा राखेपले सरोकारवालासंग छलफल अघि बढाएर स्पष्ट खाका तयार गरी विश्वविद्यालय खेलकुदलाई स्थापित गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइरालाले खेलकुदसंग सारोकालवालाले खेलकुद वर्षको सुरुआत गर्नु पर्ने धारणा राख्दै खेलकुदलाई चलायमान बनाउन विश्वविद्यालय मुख्य शक्ति भएको बताए ।

राखेप सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदको वास्तविक विकासका लागि बृहत राष्ट्रिय खेलकुदमा मात्र भर पर्न नहुने मान्यतालाई आत्मासात् गर्दै परिषद्ले विभिन्न स्तरका प्रतियोगिता आयोजना गर्ने योजना बनाइ रहेको  बताए ।

उनले खेलकुद अत्तिरिक्त क्रियाकलाप नभइ अनिवार्य क्रियाकलाप हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताउदै सरोकारवाला सबैको साथ र सहयोगले मात्र खेलकुदको विकास सम्भव हुने बताए ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले अन्तरक्रियाबाट धेरै कुरा बुझ्ने अवसर पाएको बताउदै खेलकुद र खेलाडीको महत्व ठूलो भएको बताए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव इमनारायण श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अन्जन धमला र प्रकाशकुमार कुसारी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, त्रिभूवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, खुला विश्वविद्यालयका प्रतिनिधिलगायत उपस्थिति रहेको थियो ।

Loading ad...
LiNing Ad
#विश्वविद्यालय खेलकुद

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान