जुडोको ओलम्पिक सोलिडारिटी कोर्स सुरु
शुक्रबार, २२ असार २०८०खेलपाटी संवाददाता
काठमाडौं । नेपाल ओलम्पिक कमिटीको सहयोग तथा नेपाल जुडो संघको आयोजनामा ओलम्पिक सोलिडारिटी कोचिङ टेक्निकल कोर्स सुरु भएको छ ।
खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र एमएमएसीमा जुडोको ओलम्पिक सोलिडारिटी कोर्स सुरु भएको छ ।
कोर्सको ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे । कोर्समा ४५ जना सहभागी छन् ।
सहभागीलाई आईजेएफ प्रशिक्षक बोस्निया हर्जगोभिनाका मेकिक अमेलले प्रशिक्षण दिइरहेका छन् । कोर्स असार २७ गते सम्पन्न हुने नेपाल जुडो संघले जनाएको छ ।
#जुडो










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
