मंगोलियामाथि नेपालको महिला भलिबलको जित
शनिबार, २० आश्विन २०८०खेलपाटी संवाददाता
काठमाडौं । एसियन गेम्स अन्तर्गत महिला भलिबलमा मंगोलियामाथि नेपालको राष्ट्रिय महिला भलिबल टिमले जित हासिल गरेको छ ।
शनिबार ११ औं स्थानका लागि भएको खेलमा नेपालको महिला टिमले मंगोलियालाई ३–२ को सेटमा हराएको हो ।
पहिलो सेट १७–२५ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेट २५–१८ र २५–२१ ले हात पारेको थियो । चौथो सेट १८– ले गुमाएको नेपालले अन्तिम सेटमा १५–१२ को स्कोर निकाल्दै रोमाञ्चक जित दर्ता गरेको हो ।
मंगोलियालाई हराउँदै नेपालको महिला भलिबल टिमले एसियाडमा ११ औं स्थान हासिल गरेको छ ।
समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग पराजित बनेको क्लासिफिकेसन म्याचमा प्रतिस्पर्धामा उत्रिएको थियो ।
# महिला भलिबलको जित






-1773230362276.jpg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)