अन्तिम दिन कराँतेकी सबिना पराजित
आइतबार, २१ आश्विन २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसियन गेम्स अन्तर्गत अन्तिम दिन कराँतेकी सबिना श्रेष्ठ पराजित बनेकी छिन् ।
आईतबार ५० केजी मुनिको तौल समूहमा नेपालकी सबिना चीनकी लि रनरानसँग पराजित भएकी हुन् ।
अन्तिम १६ का लागि भएको प्रतिस्पर्धामा सबिनाले ३–१ ले खेल गुमाईन् ।
सबिनको पराजयसँगै एसियाडमा नेपालको चुनौती समाप्त भएको छ । शनिबार एरिका गुरुङले कराँतेबाट ऐतिहासिक रजत पदक जित्नुनै नेपालकालागि एसियाडमा ठुलो उपलब्धि रह्यो ।
कबड्डीको महिला टिमले काँस्य पकद जितेर टिम इभेन्टमा नेपाललाई एउटा पदक दिलाएको छ । प्रतियोगिताको आईतबार एक भब्य कार्यक्रमका बीच समापन हुदैछ ।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)