जुडोमा ३ स्वर्णसहित ५ पदक
बुधबार, ०२ फाल्गुण २०८०खेलपाटी संवाददाता

काठमाडौं । भुटानको थिम्पुमा भएको दोश्रो भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ पदक जितेको छ ।
नेपालले २ रजत पनि जित्यो ।
पुरुष ६० केजीमा काशिराम महौत, महिला ५७ केजीमा पेमा याङजी शेर्पा तथा महिला ४४ केजीमा दीपाकुमारी खत्रीले स्वर्ण जितेको खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकारले जनाएका छन् ।
पुरुष ६० केजीमा पेम्बा दोर्जी शेर्पा तथा महिला ५७ केजीमा बन्दना कुलुङले रजत हात पारे ।
#जुडो






-1748333590.jpeg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)

