आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

हिमालयन १०० चेसमा रुपेश च्याम्पियन

शनिबार, ०५ श्रावण २०८१खेलपाटी संवाददाता
हिमालयन १०० चेसमा रुपेश च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं। हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको एक सय वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान राख्ने अभियानअन्तर्गत शनिबार आयोजित ‘हिमालयन १००’ ब्लिज चेसमा रुपेश जयसवाल च्याम्पियन भएका छन्।

हिमालयन चेस एकेडेमीले युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै किङ्स कलेज, बबरमहलमा सम्पन्न गरेको प्रतियोगितामा फिडे मास्टर (एफएम) रुपेशले अपराजित रहँदै सर्वाधिक ९.५ अंक जोड्दै उपाधि जितेका हुन्। अर्का एफएम क्षितिज भण्डारी ९ अंकसहित उपविजेता भए। पुरुषोत्तम सिलवाल र रामहरि काकीले समान ८ अंक बनाए। तर, टाई ब्रेकरको आधारमा पुरुषोत्तम तेस्रो भए।

गत वर्षका नेपाल च्याम्पियनसमेत रहेका २१८० रेटेड रुपेशले १०औं तथा अन्तिम चरणमा राजेन्द्रप्रसाद श्रेष्ठसँग अंक बाँड्नुअघि रुबेश्री चौलागाईं, विनोद तामाङ, भुवनेश्वर चौधरी, धीरेन राई, सुशील चौधरी, पुरुषोत्तम सिलवाल, क्षितिज, सजल न्यौपाने र पुरुषोत्तम चौलागाईंलाई पराजित गर्दै पूर्ण अंक जोडेका थिए। क्षितिजले सातौं चरणमा रुपेशसँग पराजय बेहोर्नुबाहेक अरू सबै खेल जितेका थिए। पुरुषोत्तमले रुपेश र क्षितिजविरुद्ध मात्रै हारे बेहोरे र अरू आठ खेलमा परा अंक जोडे।

खुला, महिला तथा अरू १५ स्पर्धा समावेश कुल ५४ हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा रुपेशले १० हजार, क्षितिजले ७ हजार, पुरुषोत्तमले ४ हजार, रामहरी (चौथो) ३ हजार र राजेन्द्रप्रसाद (पाँचौं) ले २ हजार प्राप्त गरे। पुरुषोत्तम चौलागाईं (७), सुशील (७), धीरेन (७), अभिक शाह (७), शैलेन्द्र न्यौपाने (७) शीर्ष १० मा रहँदै १–१ हजार हात पारे।

एन्जल महर्जनले ६.५ अंक जोड्दै महिलातर्फ विजेता बनिन्। उक्त स्पर्धामा नेपाल च्याम्पियन सिन्दिरा जोशी (६) दोस्रो र पुनम प्रसाईँ (६) तेस्रो भए। टाई ब्रेकरमा पुनमलाई उछिन्दै सिन्दिरा उपविजेता भएकी हुन्। यसमा प्रथमले ३ हजार, दोस्रोले २ हजार र तेस्रोले १ हजार प्राप्त गरे।

यु-९ गर्ल्समा रुबेश्री (३ अंक), ब्वाइजमा एल्बिक अधिकारी (५) विजेता भए। यु-११ गर्ल्समा नायुमा मगर (३.५ अंक) र ब्वाइजमा अग्रिम सैंजु (६) प्रथम भए। यु १३ ब्वाइजमा सिद्धार्थ लामा (५ अंक) र सोफिया गुरुङ (२.५) ले सफलता हात पारे। यु-१५ तर्फ ब्वाइजमा आशिष् गुप्ता (६.५) र गर्ल्समा विपश्वी अधिकारी (३) ले स्वर्णपदक जिते।

विद्यार्थीतर्फ कक्षा १० सम्मको स्पर्धामा बुटवलका प्रमिश कुँवर (६ अंक) पहिलो भए। भेट्रान (५५ वर्षमाथि) महेश्वरलाल डंगोल (७ अंक), रेटिङ १९०० मुनि मिसन दाहाल (७.५) र १७०० मुनि सजल न्यौपाने (७) र अनरेटेडमा फूर्वा लामा (६.५) शीर्षस्थानमा रहे। वेस्ट हिमालयनको अवार्ड गर्ल्समा प्रज्ञा पन्त (४.५) र ब्वाइजमा रायान श्रेष्ठ (६ अंक) ले प्राप्त गरे।

‘फिडे १०० गिनिज वल्र्ड रेकर्ड्स अटेम्प्ट’ अभियानमा साथ दिन आयोजित हिमालयन १०० मा १ सय खेलाडीले स्विस प्रणालीको आधारमा १० चरणमा प्रतिस्पर्धा गरेका थिए। अन्तर्राष्ट्रिय चेस दिवस (२० जुलाई) पनि हो।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य पेमा डोल्मा लामा, बागमती प्रदेश बुद्धिचाल संघका पूर्वअध्यक्ष ज्ञानकृष्ण महर्जन, नेपाल स्नुकर संघका अध्यक्ष एवम् काठमाडौं महानगरपालिका वडा नं.११ का जनप्रतिनिधि सरोजकुमार मुल्मी, नेपाल बुद्धिचाल महासंघका पूर्वअध्यक्ष विदुरप्रसाद गौतम, युक्ति फाउन्डेसनकी प्रमुख युक्ति लामा श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक अध्यक्ष मोनालिसा खम्बूले पुरस्कार प्रदान गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’