महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

काठमाडौं। नेपाल हक्की संघले महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले टिमको घोषणा र जर्सी सार्वजनिक गरेको हो। नेपाल हक्की संघले गण्डकीकी अंकिता अधिकारीको नेतृत्वमा २६ सदस्सीय महिला टिम र गण्डकीकै कुशल नेपालीको नेतृत्वमा २६ सदस्सीय पुरुष राष्ट्रिय हक्की टिमको घोषणा गरिएको संघका महासचिव तथा राखेपका कार्यकारी समिति सदस्य सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन्।
महिला टोलीको गोलकिपरमा सञ्जुमगर,खुश्वु रान र मधुकुमारी छन्। यस्तै, फरवार्डमा प्रनिता पुडासैनी,आशिका मण्डल, नमिता एस के, बन्दना भट्ट, अन्जली कर्माकर,बविता उराव र मुस्कान राना परेका छन्।
सितामाया बल, अंकिता मुखिया, गिता पुन मगर, करुणा ठगुन्ना, नीरुता गिरी, सविता राजवंशी, लक्ष्मनिया कुमारी दास, पूर्णीमा नेगी र सपना स्याङ्वो मिडफिल्डमा रहेका छन्।
यस्तै, डिफेन्समा सोनु वराल, सञ्जिता श्रेष्ठ,विमु नेपाली, सञ्जु चौधरी, सर्मिला कुमारी र कृति पुलामी छनौट भएका छन्।
पुरुष टोलीको गोलकिपरमा जोशन राई, विवेक जोशी र उज्ज्वल राजबंशी छन्। यस्तै, अट्याक/फरवार्डमा असिम बाहिक, सुदीप चौधरी, बिशु घिमिरे, महेश नेपाली, भरत टमटा, रोनस के यादव र अनिश खड्का परेका छन्।
यस्तै पुरुष टोलीको मिडफिल्डमा आयुष शाह, पुरुषोत्तम महतो, मोहन पुन, उमेश श्रेष्ठ, जयन्त बडु, मनिष भट्ट, रोमन राजबंशी, रहेका छन्। यस्तै डिफेन्समा सुजन बोगटी, सौरभ दंगाल, मानकेश्वर साह, विवेक गुरुङ, निशान्त भट्ट, रोहित राजवंशी, संगम घर्तीमगर र अमिन सापकोटा छनोट भएका छन्।











-1775795080923.webp&w=3840&q=75)

-1775788668970.webp&w=3840&q=75)