पेरिस ओलम्पिकबाट मनीता पनि बाहिरिइन्
सोमबार, १४ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणबाटै बाहिरिएकी छन्।
च्याम्प-डे-मार्स एरेना म्याट १ मा सोमबार उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन्। तर, उनी सर्बियन खेलाडी मारिका पेरिसिकसँग इप्पाेन (१०-०) ले पराजित भएकी हुन्।
पेरिसिकले उनलाई एकै मिनेटमा पराजित गरेकी हुन्। योसँगै परेसिकले अन्तिम १६ मा स्थान पक्का गरेकी छन्। मनीताले कन्टिनेन्टर कोटामार्फत ओलम्पिक खेल्ने अवसर प्राप्त गरेकी हुन्।






-1748333590.jpeg&w=3840&q=75)


-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)