अमेरिकामा काजल सम्मानित

काठमाडौं। नेपालकी तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छन्। न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले उनलाई नगद र सम्मा पत्रले सम्मानित गरिएको हो।
११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा अध्यक्ष सुनील लामाका अनुसार काजललाई चार सय अमेरिकी डलर (५५ हजार नेपाली रुपैयाँ) र सम्मानपत्र प्रदान गरिएको छ।
क्लबले आफ्नै एकेडेमीमा स्वागत गर्दै उनलाई सम्मानित गरेको हो। काजल अमेरिकाको टेक्कासमा भएको डालास इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२५ मा निर्णायकको भूमिका निर्वाह गर्न अमेरिका पुगेकी थिइन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी २७ वर्षीय काजल गत वर्ष तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री बनेकी थिइन्। त्यसयता उनले जापान, अस्ट्रेलिया र थाइल्यान्डमा निर्णायकको भूमिका निभाइसकेकी छन्। उनले जापानको ओसाकामा उत्कृष्ट निर्णायकको अवार्डसमेत जितेकी थिइन्।
एक दशक लामो खेलाडी करिअरपछि रेफ्रीको भूमिकामा देखिन थालेकी उनी ग्योरोगी र पुम्से दुवै विधाका अन्तर्राष्ट्रिय रेफ्री हुन्। च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आफ्नो नियमित प्रशिक्षणसँगै विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेको छ। यस्तै क्लबले सामाजिक कार्य र विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको छ।





-1767511356725.jpeg&w=3840&q=75)
-1766583817323.jpg&w=3840&q=75)
-1766407401552.jpeg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)

