बैशाख २० गतेदेखि द हिमालयन जाभा बास्केटबल लिग
बिहिबार, ११ बैशाख २०८२खेलपाटी संवाददाता

काठमाडौं। बैशाख २० गतेदेखि द हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) हुने भएको छ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने प्रतियोगितामा ६ बास्केटबल क्लबको सहभागिता रहनेछ। पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा टाइम्स, रोयल्स, गोल्डेनगेट, हाउण्ड्स, कीर्तिपुर र सामाखुशी बास्केटबल क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
यस बास्केटबल लिगमा कूल ३२ खेल हुनेछ। लिग चरणमा सहभागिता टोलीले एक अर्कासँग दुई खेल खेल्नेछन्। प्रतियोगिताका खेलहरू आइतबार मंगलबार, बुधबार र शनिबार खेलाइने छ।
प्रतियोगिताको अनुमानित बजेट १५ लाख छ। तर, पुरस्कारको घोषणा पछि गरिने नेबाले जनाएको छ।






-1774194974029.jpeg&w=3840&q=75)






-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)