गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित

काठमाडौं। टाइम्स बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत आइतबार भएको एक मात्र खेलमा गोल्डेनगेट बास्केटबल क्लबमाथि रोमाञ्चक जित हात पारेको छ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा अन्तिम क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै टाइम्सले गोल्डेनगेटलाई ७६–७१ को अन्तरले पराजित गरेको छ।तेस्रो क्वाटरसम्म गोल्डेनगेट ५१–५० ले अघि थियो। तर, चौथो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो।
पहिलो क्वाटरमा टाइम्सले २१–११ को अग्रता बनाएको थियो। तर दोस्रो क्वाटर २४–१३ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइममा गोल्डेन गेटले ३५–३४ को अग्रता बनायो।
तेस्रो क्वाटरमा दुवैले १६–१६ अंक स्कोर गर्दा गोल्डेनगेट अझै अघि थियो। तर चौथो क्वाटर २६–२० ले आफ्नो पक्षमा पार्दै टाइम्सले लिगमा विजयी सुरुवात गर्यो।
टाइम्सको जितमा महत्वपूर्ण योगदान गरेका सदिश प्रधान एमभिपी घोषित भए।






-1774194974029.jpeg&w=3840&q=75)





-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)
