१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
आइतबार, १८ जेठ २०८२खेलपाटी संवाददाता

कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १०औं राष्ट्रिय सिएच आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङ जिल्लाले जितेको छ।
जनसेवा माविमा आयोजित तीन दिने प्रतियोगितामा बाग्लुङले २० स्वर्ण पदक जित्दै नगद १५ हजार रुपैयाँ हात पार्यो।
१४ स्वर्ण जितेको भक्तपुरले फर्स्ट रनरअप र ४ स्वर्ण जितेको रुपन्देही दोस्रो भयो। अनुशासित टोलीको उपाधि तेह्रथुमले हात पार्यो। प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरुष सिनियरतर्फ भक्तपुरका आयन श्रेष्ठ, महिला सिनियरतर्फ रेसा थापा, पुरुष जुनियरतर्फ रुपन्देहीका प्रिन्सि दर्लामी र महिला जुनियरतर्फ रेणी शाही घोषित भए।
१२ जिल्लाका ३२५ खेलाडी सहभागी प्रतियोगितामा २० केजीदेखि ८० केजी तौल समूहका खेलहरूमा प्रतिस्पर्धा भएको थियो। प्रतियोगीता कोशी प्रदेश सिएच आइटिएफ तेक्वान्दो संघको आयोजनामा भएको हो ।





-1767511356725.jpeg&w=3840&q=75)
-1766583817323.jpg&w=3840&q=75)
-1766407401552.jpeg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)

