बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

अल्फालाई उपाधि

सोमबार, ०२ असार २०८२खेलपाटी संवाददाता
अल्फालाई उपाधि
Classic Tech Internet Ad

काठमाडौं। दाङको अल्फा तेक्वान्दो डोजाङले प्रथम एनटीए राष्ट्रिय टिम ग्योरोगी च्याम्पियनसिपको उपाधि जितेको छ। 

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा सोमबार भएको जुनियर पुरुषको फाइनलमा टिम चितवनलाई पराजित गर्दै अल्फाले उपाधि जितेको हो। वसन्त विष्ट, कमल परियार र कमल खड्का सम्मिलित अल्फाले कृष्ण विक, रोनक राउत र सौगात सुन्दास सम्मिलित टिम चितवनलाई ४८–३४ अंकले पराजित ग¥यो। च्याम्पियनसिपमा टिम धादिङ र टिम तारकेश्वरले तेस्रो स्थान हात पारे।

यसैगरी जुनियर महिलामा टिम तारर्केश्वरले पहिलो स्थान हात पार्‍यो। निकै प्रतिस्पर्धात्मक खेलमा तारकेश्वरले फेयरलेस डोजाङलाई ७१–६२ ले हरायो। टिम तारकेश्वरबाट सपना रिखाम, कृतिका थापामगर र सोनिया तामाङ तथा फेयरलेस डोजाङबाट अनिशा मगर, लक्ष्मी तामाङ र सृष्टि लामाले प्रतिस्पर्धा गरेका थिए। यस स्पर्धामा यानसु डोजाङ र गोर्खाली डोजाङले तेस्रो स्थान हात पारे।

यसैगरी क्याडेट पुरुषतर्फको उपाधि ढल्को डोजाङले हात पार्‍यो। ढल्कोले फाइनलमा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनलाई पराजित गर्‍यो। नेपाल टाइगर्स र सीतापाइला डोजाङले तेस्रो स्थान हात पारे। यस्तै क्याडेट महिलातर्फको उपाधि भने राइजिङ फाइटर्सले जितेको थियो।

च्याम्पियनसिपको विजेता टिमलाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं टेक्निकल डेलिगेट्स बब्लु सिवाकोटीले जानकारी दिए। च्याम्पियनसिपका विजेता खेलाडीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले पुरस्कार प्रदान गरेका थिए।

संघले पहिलो पटक ग्योरोगी विधामात्र समावेश गरेर टिम च्याम्पियनसिप आयोजना गरेको हो। प्रतियोगिता विश्व तेक्वान्दोको टिम ग्योरोगीको नियम अनुसार सञ्चालन गरिएको थियो। प्रतियोगितामा १२ देखि १४ वर्ष उमेरसमूहमा क्याडेट गल्र्स/ब्वाइज टिम तथा १५ देखि १७ वर्ष उमेर समूहमा जुनियर गल्र्स÷ब्वाइज टिम गरी चार स्पर्धा समावेश गरिएको थियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने