एचजेबिएलको उपाधि टाइम्सलाई

काठमाडौं। हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधिटाइम्स बास्केटबल क्लबले जितेको छ।
लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाईनलमा गोल्डेनगेटललाई ८०-७२ ले हराएरटाइम्स च्याम्पियन बनेको हो। योसँगै टाइम्सले २ लाख रूपैयाँ हात पारेको छ।
सुरुबाटैटाइम्सले खेलमा डोमिनेट गरेको थियो। पहिलो क्वाटरमाटाइम्सले २०-८ को अग्रता बनायो।
दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गरेको थियो। दोस्रो क्वाटर गोल्डेनगेटले १९-१४ ले आफ्नो पक्षमा पारेपनि हाफ टाईमसम्मटाइम्सले नै ३४-२७ को अग्रता बनाएको थियो।
तेसो क्क्वाटर २६-२१ ले आफ्नो पक्षमा पारेपछिटाइम्सले अन्तिम क्वाटरअघि ६०-४८ को अग्रता बनाएको थियो।
चाैथो तथा अन्तिम क्वाटर निकै रोमाञ्चक बन्यो। चाैथो क्वाटरमा गोल्डेनगेटले फेरि पुनरागमन गर्दै २४-२० ले आफ्नो पक्षमा पारेको थियो। तरटाइम्सलाई रोक्न सकेन रटाइम्स ८ अंक अन्तरले च्याम्पियन बन्यो।
यसअघि लिग चरणमा पहिलो खेलमैटाइम्सले गोल्डेनगेटलाई पराजित गरेको थियो भने त्यसपछि दोस्रो चरणमा गोल्डेनगेटलेटाइम्सलाई हराएर बदला लिएको थियो।
लिग चरणमा शीर्ष दुई स्थानमा रहेर गोल्डेनगेट रटाइम्सले फाईनलमा स्थान बनाएका थिए।
आजै तेस्रो स्थानको लागि भएको खेलमा हाउण्ड्स एकेडेमीले कीर्तिपुरलाई ८०-७५ ले पराजित गर्यो।








-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
