युथ टेबलटेनिस च्याम्पियनसिपमा ६ खेलाडीको चुनौती
मंगलबार, १० असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ ।
असार १२ देखि १८ गतेसम्म हुने प्रतियोगितामा समान ३/३ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी पौडेल, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन् ।
टोली प्रमुखमा ज्याकी महर्जन तथा प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् ।









-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)