३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन
-1752559246.jpeg&w=3840&q=75)
काठमाडौं। उमा युरोपियन च्याम्पियनसिपका पदक विजेता नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङ मंगलबार स्वदेश फर्किएका छन्।
उनीहरुलाई नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन, सदस्य शेरबहादुर गुरुङ, खेलाडी मनाङ गुरुङलगायतले सामाखुसीमा एक कार्यक्रमबीच स्वागत गरे।
जुन २९ तारिखमा बेलायतको चेल्टेनह्याममा भएको प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र सुदेनले १ रजत जितेका थिए। भूपेन्द्रले ट्रेडिसनल चाइनिज फममा २६.७, ट्रेडिसनल वेपनमा २७ र ट्रेडिसनल क्रिएटिभ फममा २६.८ अंक जोड्दै नेपाललाई स्वर्ण दिलाए।
भूपेन्द्रले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन्।
आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोयगता सुदेनले ट्रेडिसनल चाइनिज फममा रजत जिते। उनले २६.१ स्कोर गरे।
प्रतियोगितामा नेपालसहित जर्मनी, स्पेन, वेल्स, फ्रान्स, भारत, स्विट्जरल्यान्ड, नेडरल्यान्ड, कोस्टारिका, इस्टोनियालयागत राष्ट्रबाट ४ सय १५ खेलाडीले सहभागिता जनाएको अध्यक्ष राईले जनाएका छन्।






-1751282194.jpeg&w=3840&q=75)


-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
