वादोरियो कराते टोली श्रीलंका जाने
मंगलबार, २० श्रावण २०८२खेलपाटी संवाददाता
काठमाडौं। पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय वादोरियो कराते टोली बुधबार श्रीलंकाको रत्नापुरा जाने भएको छ।
अगष्ट ७ र ८ तारिखमा हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन्। महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले खेल्ने छन्।
प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की रहेका छन्।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)