नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने
बिहिबार, २२ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको पटाया जाने भएको छ।
अगष्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको पुरुष यु–९ एकल पुम्सेमा विशेषचन्द्र गमी, ४५ केजीमुनि लवयोग सुनुवार, २७ केजीमुनि सन्देश लामिछाने र ४१ केजीमुनि अर्पण कुमालले प्रतिस्पर्धा गर्ने छन्।
प्रशिक्षकमा सरोज तामाङ र गौरव रजक तथा निर्णायकमा राजेन्द्र डंगोल र मुना खवास रहेका छन्। टोलीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, नेपाल तेक्वान्दो संघका सदस्य कुमार लामा घिसिङ र प्रशिक्षक अर्जुनभक्त राईले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे।










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
