बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ

बिहिबार, ०५ भाद्र २०८२खेलपाटी संवाददाता
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले विपन्न वर्गको कोटाबाट आफूलाई बनाइदिने भनेको घर नलिने बताएका छन्। आमाको निधनपछि क्रियामा बसेको ११औं दिन उनले विपन्न वर्गको घर सुविधा नलिने बताएका हुन्।

केही दिनअघि कोशी प्रदेशसभा सदस्य अमृत अर्याल ललितको आमाको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न घर पुगेका थिए। उनले ललितको घरको अवस्था जीर्ण भएको र घर बनाउन आवश्यक रकम समेत नभएकाले सांसदहरूले पाउने जनता आवास कार्यक्रम अन्तर्गतको ६ वटा घरमध्ये एउटा ललित लागि निर्माण गरिने बताएका थिए।

उक्त घोषणापछि सामाजिक सञ्जालमा व्यापक बहस भएको थियो। कसैले समर्थन जनाए भने कसैले नेपाल प्रिमियर लिग (एनपिएल)मा २० लाख रुपैयाँ, नेपाल पुलिस क्लब र राष्ट्रिय टोलीबाटसमेत लाखभन्दा बढी लिँदै आएको कारण ललित आफैं घर बनाउन सक्षम रहेको भन्दै आलोचना पनि गरेका थिए।

ललितले यस्तो सुविधा लिन अस्वीकार गर्दै भने, ‘म घर बनाउन सक्षम छु। आफ्नै प्रयासमा घर बनाउन सक्छु। अहिले आमाको निधनका कारण मात्र यो योजना रोकिएको हो। यस्तो घर मलाई होइन, साँच्चिकै घरविहिन विपन्न परिवारलाई दिनु न्यायसंगत हुन्छ।’

जनता आवास अन्तर्गत निर्माण हुने घर ४ देखि ५ लाख रुपैयाँ लागतको हुन्छ। ललितका लागि दुई वटा कोठा, बरण्डा र शौचालय निर्माण गर्दिने अर्यालको योजना थियो। 

उनले सरकारले सहानुभूति वा सम्मानस्वरूप कुनै सहयोग गर्ने हो भने स्वीकार गर्ने बताए। तर, विपन्न वर्गका लागि छुट्याइएको कोषबाट आउने सुविधा लिन नहुने बताए। ‘विपन्न वर्गलाई बाँच्ने आधारका रूपमा सरकारले दिने सहयोग हो, त्यसलाई मैले लिन मिल्दैन,’ उनले भने।

ललितको परिवार पाँच पुस्तादेखि विराटनगरमै बसोबास गर्दै आएका छन्। बुबाको नाममा एक बिघाभन्दा बढी घडेरी छ, जसको मूल्य करोडौँमा पर्छ। त्यति मात्र होइन, ललित आफैं पनि अहिले आर्थिक रूपमा सक्षम छन्। नेपाल पुलिसमा उनी करार सेवा छन्। दुई संस्थामा ब्रान्ड एम्बासडरको भूमिका र क्रिकेटबाट हुने आयमार्फत उनले पर्याप्त कमाइ गरिरहेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना