एरिका सम्मानित
शनिबार, १५ कार्तिक २०८२खेलपाटी संवाददाता
-1761998475071.jpg&w=3840&q=75)
काठमाडौं। नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छन्।
क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक नीरज महर्जनले एरिकालाई सम्मान गरेका हुन्। मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा स्वर्ण पदक जितेकोमा हौसला स्वरुप एरिकालाई नगद ५० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो।
एरिका डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन्। मनमैजुमा भएको कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष तथा संयोजक विकास राजबाहकलगायतको उपस्थिति थियो।
एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा समेत खेल्दैछिन्। एरिकाले युनिभर्सल कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन्। उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदैछिन्।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)