एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो
सोमबार, २४ कार्तिक २०८२खेलपाटी संवाददाता
-1762763443397.jpg&w=3840&q=75)
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले र फुटबल खेलाडीसँगको वार्ता भाँडिएको छ। एन्फाले ‘ए’ डिभिजन लिग गराउन माग गर्दै सडकमा उत्रिएका नेपाल फुटबल खेलाडी संघ तथा प्रतिनिधिलाई सोमबार वार्तामा बोलाएको थियो।
तर, संघका अध्यक्ष बिक्रम लामाले सूचनाको हकअन्तर्गत सबै सम्बन्धित पक्षहरूले यसबारे जानकारी पाउनु पर्ने भन्दै वार्ताको प्रत्यक्ष प्रसारण गर्न माग गरेका थिए। संघमा आबद्ध रहेका खेलाडी सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगेपछि एन्फाले वार्ताको प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेको हो। योसँगै वार्ता भाँडिएको छ।







-1765462956105.jpeg&w=3840&q=75)


-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
-1765441425596.webp&w=3840&q=75)