एरोनले दिलाएको अग्रता जोगिएन
मंगलबार, २५ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। एरोन थापाले दिएको सुरुआती गोलको अग्रता जोगाउन नसक्दा विजय स्पोर्ट्स क्लब एन्फा प्रेसिडेन्ट लिगमा बराबरीमा रोकिएको छ।
हेटौंडाको गौरिटार रंगशालामा मंगलबार सम्पन्न खेलमा विजयले जन जागृति युवा क्लबसँग १–१ को बराबरी खेलेको हो।
योसँगै समूह ‘ए’ मा रहेको विजयले लालिगुँरास एसोसिएसन क्लबलाई उछिन्दै शीर्ष स्थानमा रहने मौका गुमाएको छ।
४ खेल खेलेको विजयको ६ अंक छ। एक खेल कम खेलेको लालिगुँरासको ७ अंक छ।
पराजित जन जागृतिको भने १ अंक छ। खेलको ४१औं मिनेटमा एरोनले विजयलाई सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता कायम राख्न सकेन।
दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा हरिहर बूढामगरले गोल गर्दै जन जागृतिलाई हारबाट जोगाए।







-1765462956105.jpeg&w=3840&q=75)


-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
-1765441425596.webp&w=3840&q=75)