एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

काठमाडौं। फ्रान्सले युक्रेनमाथि ठूलो जित निकाल्दै २०२६ विश्वकपको टिकट पक्का गरेको छ।
समूह ‘डी’ को छनोट खेलमा फ्रान्सले उत्कृष्ट र एकपक्षीय प्रदर्शन गर्दै युक्रेनलाई ४–० ले पराजित गरेको हो। पहिलो हाफमा युक्रेनका गोलरक्षकका प्रभावशाली बचाउका कारण फ्रान्स रोकिएको थियो। तर, दोस्रो हाफमा खेलको बद्लियो।
५५औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि ७६औं मिनेटमा माइकल ओलिसेले गोल गर्दै फ्रान्सको जितको बाटो झनै सहज बनाए।
८३औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे। ८८औं मिनेटमा भर्खर मैदान प्रवेश गरेका एचिटिकेले चौथो गोल थपे। यस सानदार जितसँगै फ्रान्सले सहजै विश्वकपको टिकट हात पार्यो।
एमबाप्पे पनि व्यक्तिगत रूपमा नयाँ कीर्तिमानको नजिक पुगेका छन्। फ्रान्सका लागि ९४ खेलमा ५५ गोल पुर्याएका उनी ओलिभिये जिरुडको ५७ गोलको राष्ट्रिय रेकर्डनजिक पुगेका छन्। अब उनलाई दुई गोल चाहिएको छ।







-1765462956105.jpeg&w=3840&q=75)


-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
-1765441425596.webp&w=3840&q=75)