८९६ दिनदेखि लिग कसको कारण रोकियो?

काठमाडौं। ‘ए’डिभिजन लिगका क्लब आन्दोलनमा उत्रिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार क्लब आन्दोलनमा उत्रिएका हुन्।
डिभिजन लिगलाई स्वतन्त्र र व्यवस्थित बनाउने मागसहित क्लबहरूले प्रदर्शनको गरेका हुन्। लिगको विषयमा छलफल गर्न एन्फाले बिहीबार क्लबहरूलाई बैठकमा बोलाएको थियो।
एन्फाले यसअघि क्लबहरूसँग राष्ट्रिय लिग गर्ने सहमति गरेको थियो। डिभिजन फुटबलको माग गर्दै खेलाडीहरू आन्दोलनमा उत्रिएपछि एन्फाले क्लबसँग छलफल गरेर डिभिजन फुटबल नै अघि बढाउने बाचा गरेको छ।
तर, लिगको विषयमा एन्फाको गतिविधिबाट असन्तुष्ट बनेका क्लबहरू भने प्रदर्शनमा उत्रिएका हुन्। लिगका सबै प्रतियोगिता समयमै गर्नुपर्ने, क्लबसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्नुपर्ने माग क्लबहरूको छ। यस्तै ८९६ दिनदेखि लिग कसको कारण रोकियो? भन्दै क्लबले उल्टै एन्फालाई प्रतिप्रश्न गरेका छन्।
यसअघि क्लबहरूले स्वतन्त्र लिग समिति निर्माण गर्नेदेखि लिगलाई व्यवस्थित बनाउन एन्फाले गर्नुपर्ने कामको विषयमा माग पत्र सार्वजनिक गरेका थिए।
एन्फाले विगत ३ वर्षदेखि ‘ए’ डिभिजन लिग फुटबल गर्न सकेको छैन। डिभिजन लिग नहुँदा नेपाली फुटबलको घरेलु क्यालेन्डर अस्तव्यस्त अवस्थामा छ।






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
