दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित
बिहिबार, ०४ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। द भक्तपुर फुटबल क्लबले संघर्षपूर्ण जितसहित सी डिभिजन लिग छनोटमा सुखद् सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा भक्तपुरले सिन्धुलीको दुधौली स्पोर्ट्स क्लबलाई १-० ले पाखा लगाएको हो।
भक्तपुरका लागि सनिश तुसुजुले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको १८औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
