रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी
बुधबार, २४ मंसिर २०८२खेलपाटी संवाददाता
-1765366825175.jpeg&w=3840&q=75)
काठमाडौं। कप्तान रोहितकुमार पौडेल र शेर मल्लले समान ३ विकेट लिएपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सलाई ११२ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियु क्रीकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमान्डुले खराब ब्याटिङसहित १९.१ बलमा सबै विकेट गुमाएर १११ रन बनायो। काठमान्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए।
जोन सिम्पसन र मोहमद आदिल आलमले समान १८ रनको योगदान गरे। त्यस्तै भीम सार्की १४, कप्तान करण केसीले ९, सन्नी पटेल ७, बेन चार्ल्सवर्थ ४, शाहब आलम ४, मिलिन्द कुमार २, राशिद खान २ र आकाश त्रिपाठीले १ रन बनाएर आउट भए।
लुम्बिनी लायन्सको लागि कप्तान रोहित पौडेलले र सेर मल्लले समान ३, रुबेल ट्रपलम्यानले २ र अभिषेश गौतमले १ विकेट लिए।






%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)





