विराटनगरलाई लुम्बिनीसँग बदला लिने मौका
बिहिबार, २५ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत क्वालिफायर २ मा लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन्।
खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अपराह्न ४:०० बजे हुनेछ। आजको खेल जित्ने फाइनलमा प्रवेश गर्दै सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। हार्ने टोली भने घर फर्किनेछ।
त्यसैले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ। क्वालिफायरमा १ मा साबिक उपविजेता सुदूरपश्चिम रोयल्ससँग विराटनगर ७७ रनले पराजित भएको हो। त्यसैले फाइनल पुग्न टोलीले क्वालिफायर २ खेल्ने मौका पाएको हो।
लुम्बिनीले भने बुधबार इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै विराटनगरसँगको भेट पक्का गरेको हो। लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो।






-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
%20(1)-1765373001252.jpeg&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
