एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक
बिहिबार, २५ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष टिमको मुख्य प्रशिक्षक माग गरेको छ।
म्याट रसले कार्तिकमै राजीनामा दिएपछि पुरुष टोली प्रशिक्षकविहीन थियो। त्यसैले नेपालले एन्फाकै टेक्निकल डाइरेक्टर हरि खड्काको प्रशिक्षणमा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेलेको थियो।
तर, फिफा र एएफसीका प्रतियोगिता खेल्न अनिवार्य प्रो लाइसेन्स प्रशिक्षक नै चाहिने भएपछि एन्फाले नियुक्तिको प्रकृया अगाडि बढाएको हो।
एन्फाले बिहीबार इच्छुक तथा योग्य उम्मेदवारलाई ३० दिनभित्र आवेदन दिन आग्रह गरेको छ। एन्फाका प्रशिक्षक करारमा नियुक्त हुनेछन्। प्रशिक्षकले प्रो–लाइसेन्स हासिल गरेको हुनुपर्नेछ।
यसका साथै कुनै पनि राष्ट्रको पुरुष वा महिला राष्ट्रिय टिम हेरेको अनुभव र कम्तीमा ३ वर्षको प्रशिक्षण गराएको हुनुपर्ने एन्फाले जनाएको छ।






-1765462956105.jpeg&w=3840&q=75)
-1765441425596.webp&w=3840&q=75)


-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)