विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी
बिहिबार, २५ मंसिर २०८२खेलपाटी संवाददाता
-1765453598504.jpeg&w=3840&q=75)
काठमाडौं। सुवास भण्डारी र प्रतिश जिसी बलिङमा चम्किएसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गर्न विराटनगर किङ्ससामु १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको हो।
विराटनगरका सुवास भण्डारी र प्रतिश जिसीले समान ३ विकेट लिए। सन्दीप लामिछानेको नाममा २ विकेट रह्यो।
लुम्बिनीका शटले सर्वाधिक ४५ रन बनाए। ४१ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। कप्तान रोहित पौडेल ३४ र निरोशन डिकवेला २९ रनमा आउट भए। अन्यको ब्याटिङ भने राम्रो हुन सकेन।






-1765459389194.jpeg&w=3840&q=75)

%20(1)-1765373001252.jpeg&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
