पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश
शुक्रबार, २६ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश गरेको छ।
सातदबाटोस्थित एन्फा कम्पलेक्समा शुक्रबार सम्पन्न सेमिफाइनलमा मसुरिया फुटबल एकेडेमीलाई १–० ले हराउँदै नेपालगन्ज ‘सी’ मा चढेको हो।
अब नेपालगञ्ज ११ ले आइतबार उपाधिका लागि ‘सी’ डिभिजनमै बढुवा भइसकेको भइसकेको सिन्धुपाल्चोक एफसीसँग प्रतिस्पर्धा गर्नेछ।
यस वर्ष ‘सी’ डिभिजनमा बढुवा हुने नेपालगञ्ज ११ र सिन्धुपाल्चोक दुवै काठमाडौं बाहिरका क्लब हुन्। सिन्धुपाल्चोक भने शिवशक्ति युवा क्लबलाई ४–२ ले हराउँदै तेस्रो डिभिजनमा उक्लिएको हो।








-1765462956105.jpeg&w=3840&q=75)

-1765539955299.jpeg&w=3840&q=75)

