नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने
शनिबार, २७ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं । नेपाल साईक्लिङ संघले नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप प्रतियोगिता पुसको पहिलो साता आयोजना गर्ने भएको छ ।
संघले पुरुष र महिला विधामा एमटीबी डाउन हिल तथा पुुरुष, महिला, जुनियर र मास्टर खेलाडी विधामा एमटीबी क्रस कन्ट्रि सञ्चालन गर्ने भएको हो ।
प्रतियोगिता पुस ४ र ५ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित जगडोल शहिद पार्कमा सञ्चालन गरिने संघको महासचिव रञ्जन राजभण्डारीले जानकारी दिएका छन् ।
डाउनहिलमा करिब ३० जना तथा क्रस कन्ट्रिमा करिब ५० जनाले सहभागीता जनाउने राजभण्डारीले बताए ।
प्रतियोगितामा ६ प्रदेशका २५ भन्दा बढी जिल्लाका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताका लागि अनलाईनमार्फत नाम दर्ता गर्न सकिनेछ ।
नेपाल साईक्लिङ संघको वेब साईटमा गएर नाम दर्ता गर्न सकिने बताईएको छ ।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)