नेपालगन्ज ११ सी छनोटको च्याम्पियन
आइतबार, २८ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं । पश्चिम नेपालको क्लब नेपालगन्ज ११ सी डिभिजन छनोटको च्याम्पियन बनेको छ ।
आईतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनल खेलमा नेपालगन्ज ११ ले सिन्धुपाल्चोक एफसीलाई २–० ले हराएको हो ।
नेपालगन्जलाई च्याम्पियन बनाउन सबिन राई र राशेस श्रेष्ठले गोल गरेका थिए ।
नेपालगन्ज र सिन्धुपाल्चोक एफसी यस वर्ष सी डिभिजनमा छनोट भएका छन् । सी डिभिजनमा छनोट भएको सिन्धुुपाल्चोकलाई हराउँदै नेपालगन्ज छनोट प्रतियोगिताको च्याम्पियन बनेको हो ।
विजेता खेलाडीलाई एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ सहितका पदाधिकारीले ट्रफी, प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
#nepalgunjfccchampionnepalgunjkhelpati







-1765707019177.jpeg&w=3840&q=75)



